• The Public Today
  • दिल्ली क्यापिटल्सको बलिङ प्रशिक्षकमा रियान नियुक्त


    भदौं ९ गते : १३ औं संस्करणको आईपीएलका लागि दिल्ली क्यापिटल्सले बलिङ प्रशिक्षकका रुपमा रियान ह्यारिसलाई अनुबन्ध गरेको छ ।

    दिल्लीले अस्ट्रेलियन तीव्र गतिका पूर्वबलर रियानलाई बलिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको जनाएको छ । रियानले यसअघि आईपीएलमै किंग्स इलाभेन पन्जाबको प्रशिक्षकका रुपमा काम गरेका थिए । तर, यस सिजन उनी जेम्स होप्सको स्थानमा दिल्लीमा अनुबन्ध भएका हुन् ।

    जेम्सले आफ्नो व्यक्तिगत समस्यका कारण आईपीएलका लागि उपलब्ध नहुने भएपछि दिल्लीको प्रशिक्षकबाट नाम फिर्ता गरेका थिए । त्यसपछि दिल्लीको बलिङ प्रशिक्षकमा नियुक्त भएका रियानले आईपीएलमा फर्किंदा धेरै खुसी भएको बताएका छन् ।

    “दिल्ली क्यापिटल्ससँग जोडिनु मेराका लागि ठूलो अवसर हो,” रियानले भने, “म दिल्लीलाई आईपीएलको पहिलो ट्रफी जिताउन आफ्ना तर्फबाट पूर्ण योगदान गर्नेछु । दिल्लीमा धेरै राम्रो बलरहरू छन् । म छिट्टै उनीहरूसँग काम गर्न चाहन्छु ।”

    अनुभवी बलिङ प्रशिक्षक रियानले आईपीएलमा किंग्स इलाभेन पन्जाबको प्रशिक्षण सम्हालेका थिए । त्यस्तै उनले ब्रिस्बेनको राष्ट्रिय क्रिकेट सेन्टरका पनि प्रशिक्षकको रुपमा थिए । उनले अस्ट्रेलियाको सिनियर पुरुष टोलीको प्रशिक्षणको रुपमा समेत काम गरिसकेका छन् ।

    युवा तथा अनुभवी खेलाडी मिश्रित दिल्ली क्यापिटल्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पनि अनुबन्ध छन् । उनको यो दिल्लीबाट तेस्रो सिजन हो । हाल सन्दीप जमैकाबाट सीपीएल खेल्न वेस्ट इन्डिजमा छन् । एजेन्सी


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस