• The Public Today
  • महोत्तरीमा २ जना कोरोना संक्रमितको मृत्यु


    महोत्तरी, भदौ ९ गते । महोत्तरीमा थप दुइ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पोजेटिभ रहको २ जनाको मृत्यु भएको हो ।

    मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । क्यान्सर रोगी उनमा कोरोना संक्रमण पोजेटिभ पाइएपछि जलेश्वरस्थित आइसोलेशनमा लगिँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै अर्का मृतक बलवा नगरपालिका वडा नम्बर ३ बस्ने ६६ वर्षीय पुरुष रहेका छन् । उनको ढाडमा लामो समयदेखि समस्या थियो ।

    यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस