सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु

सर्लाही, भदौ ९ गते । सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

सर्लाहीको नयाँरोड मधुवनी सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्रका हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरीको मृत्यु भएको हो ।

रामनगर गाउँपालिकास्थित सोमबार राति उनी सवार प्रदेश २–०३–००२ प ५२१० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए ।

घटनामा संलग्न ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।