• The Public Today
  • मिथिला ब्याडमिन्टन क्लबले ढल्केवरमा रक्तदान कार्यक्रम गर्ने


    ढल्केवर, भदौं १० गते । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित मिथिला ब्याडमिन्टन क्लबले धनुषाको ढल्केवरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    कोरोना भाईरसको संक्रमण र लकडाउनका कारण देशैभर रगत अभाव भइरहेको बेला क्ल्बले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । रक्तदान कार्यक्रम भदौं १२ गते शुक्रवार ढल्केवरको पूर्वचोकमा हुने क्लबले जनाएको छ ।

    रक्तदान कार्यक्रम विहान ८ बजेदेखि सञ्चालन हुने मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष तेजनारायण साह (संतोष)ले जानकारी दिए । उनले रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय कार्यमा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।

    कोरोना महामारीको विषम परिस्थितिमा हुन पुगेको रगतको चरम अभाव लाई मध्यनजर गर्दै विरामीहरूमा रगत अभाव हुन नदिनका लागि रगत आपुर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष साहले बताए ।

    महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा विधि अपनाएर रक्तदान कार्यक्रम गरिने समेत उनले जनाए ।

    क्लबका अध्यक्ष तेजनारायण साहको मोवाइल नम्वर ९८०१९३१७३१ मा फोन गरेर रक्तदान कार्यक्रम बारे जानकारी लिन वा सल्लाह सुझाव दिन सकिने क्लवले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज


    प्रतिक्रिया दिनुहोस