महोत्तरीमा बालउद्यान निर्माणमा खटिएका पत्रकार र कलाकारको संचार समाग्री चोरी

बर्दिवास, भदौं १० गते । महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगर राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाबाट पत्रकार र कलाकारको संचार समाग्री चोरी भएको छ ।

पत्रकार अमृत कुमार महतो, रोचकघोचक टेलिसिरियाका हाँस्यकलाकार कृष्णा कुमार महतो लगायतको ल्यापटप, मोवाईल, बैंकको एटिम कार्ड, केही नगद लगायतको सरसमान चोरी भएको हो  ।

जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनगरमा जनस्तरबाट बालउद्यान निर्माण गरिरहेको छ । निर्माण काममा खटिएका पत्रकार, कलाकार, सञ्जालका सविच मनोज महतो, ट्रयाक्टर चालक धर्मेन्द्र प्रसाद चौधरीको ल्यापटप, मोवाईल, बैंकको एटिम लगायत झण्डै चार लाख बराबरको सरसमान चोरी भएको बताइएको छ ।

राती १ बजेर ४२ मिनेटको समयमा सबै सुतेको बेला चोरले स्कूलबाट संचारसमाग्रीहरु चोरेको विद्यालय व्यवस्थान समितिका अध्यक्ष रामजतन महतोले जनाए ।

घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनु साहको नेतृत्वमा टोली खटिएको छ ।