• The Public Today
  • पसल खोलेर कालोबजारी गर्ने पसल कारबाहीमा


    भदौ १० गते :  पर्सामा निषेधाज्ञाको बेला पनि पसल खोल्ने र चर्को मूलमा सामान बिक्रवितरण गर्ने तीन वटा पसललाई कारबाही गरिएको छ ।

    निषेधाज्ञामा दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि गरी बिक्रीवितरण गरिरहेका माईस्थान वीरगन्जका चन्द्रकिशोर ट्रेडर्स, शिव देवी ट्रेडर्स र मा जगदम्बा फ्रुट सेन्टरमाथि कारबाही गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले जानकारी दिए ।

    तरकारी तथा फलफूल पसलमा अनुगमन गर्दा मूल्यसूची नराखेको तथा खरिदबिक्री बिल उपलब्ध गराउन नसकेको पाइएपछि कारबाही गरिएको हो । चन्द्रकिशोर ट्रेडर्स र शिवदेवी ट्रेडर्सलाई २०/२० हजार र मा जगदम्बा फ्रुट सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नारायण आचार्यले बताए ।

    उपभोक्ताको गुनासोका आधारमा बुधबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीले बजार अनुमगन गरेको थियो ।

    यसलाई निरन्तरता दिइने अनुगमन टोलीका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवको भनाइ

    छ । पर्सामा साउन १० गतेदेखि जारी निषेधाज्ञाको एक महिना पुगेपछि पहिलोपटक बजार अनुगमन गरिएको बताइएको छ ।  टुडेपाटी

     


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस