• The Public Today
  • महोत्तरीको दुई फर्निचर उद्योगमा वन कार्यालयको छापा, भारी परिणामका काठसहित दुईजना पक्राउ


    बर्दिवास, भदौं १० गते । महोत्तरीको बर्दिबासका दुई फर्निचर उद्योगमा डिभिजन वन कार्यालय महोत्तरीले छापामारी गरेको छ ।

    डिभिजन वन कार्यालयले बर्दिबासका दुई फर्निचर उद्योगमा छापामारी गरेर भारी परिणामका काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बर्दिबास—१ का सोमबहादुर बलम्पाकी र भिमबहादुर पूर्वछाने रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए ।

    उनका अनुसार बर्दिबास नगरपालिका वडा नम्वर १ र ३ का दुई फर्निचर उद्योगमा वन कार्यालयले छापा मारेर तयारी झ्याल, ढोकाको चोक र चिराना गरिएको सालको काठ सहित ५८ क्वीफिट काठ बरामद गरिएको हो ।

    बर्दिबास नगरपालिका—१ स्थित गोपाल फर्निचरमा वनका कर्मचारीले आज बिहान तयारी झ्याल तथा ढोका किन्ने भन्दै ग्राहकको भेषमा पुगेका थिए । त्यसपछि त्यहाँबाट दुई जनालाई २७ क्वी काठ र काठ चिर्ने मेसिन सहित दुई जनालाई पक्राउ गरिएको थियो ।

    त्यसलगतै बर्दिबास—३ गौरीडाँडास्थित पिपल बोटेको फर्निचर उद्योगमा गोप्य सूचनाको आधारमा वन सुरक्षाकर्मी टोलीले छापामारी गरेको थियो । वनको टोलीलाई देखेपछि फर्निचर संचालक रामजी रम्तेल र मिनबहादुर भुजेल फरार भएको वन कार्यालयले जनाएको छ । उनको फर्निचरबाट चिरानका काठ र तयारी झ्याल तथा डोकाको चोकट सहित ३१ क्वीफिट सालको काठ बरामद भएको छ । फरार भएका फर्निचर संचालक रम्तेल र भुजेलको खोजी कार्य भइरहेको छ ।

    लकडाउन खुलेसंगै सुस्ताएको अबैध काठ तस्करी तथा बिक्री वितरण बन्दाबन्दी फेरी बढेसंगै वनका काठ तस्करी बढेको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस