• The Public Today
  • अनमी, सीएमएलगायतका प्रमाणपत्र तहसम्मका कार्यक्रम खारेज


    काठमाडौं, भदौं १० गते : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्‍चालित स्वास्थ्य विषयका प्राविधिक प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम चिकित्सा शिक्षा आयोगले खारेज गरेको छ ।

    गत साउन ३० मा बसेको आयोगको बैठकले खारेज गर्ने निर्णय गरेको हो । आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम यसै शैक्षिक सत्रबाट बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

    उनका अनुसार चिकित्सा शिक्षा ऐनकै दफा ४२ मै विश्वविद्यालय प्रतिष्ठान र सो अन्तर्गतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्न-नगराउने र सञ्ंचालनमा रहेका यस्ता कार्यक्रमहरुको अध्ययन अवधि पूरा भएपछि स्वतः फेजआउट हुने निर्णय छ ।

    उनले भने,“यसै शैक्षिक सत्रबाट ऐनमा रहेको व्यवथा कार्यान्वयन हुनेछ ।” त्रिभुवन विश्वविद्यालयले सञ्‍चालन गर्दै आएको पीसीएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन नपाउने उनले बताए ।

    योसँगै सिएमए, अनमी, पीसीयल नर्सिङ र ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस