• The Public Today
  • थप ८८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो


    काठमाडौं, भदौ १० गते । नेपालमा बुधबार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । संक्रमितमध्ये १९ हजार ५०५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाटअहिलेसम्म १७५ जनाको मृत्यु भएको छ ।

    प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर ३८६ जना घर फर्किएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस