• The Public Today
  • स्थानीय र सशस्त्र प्रहरीबीच झडप : गोली लागेर एकको मृत्यु


    झापा, भदौ १० गते : सशस्त्र प्रहरीको गोली लागेर झापामा एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

    प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले बताए ।

    घाइते आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा बुधबार साँझ सवा ७ बजे मृत्यु भएको हो। स्थानीयले गोरु काटेको सूचना पाएर प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले स्थानीयलाई पक्राउ गर्न जाँदा झडप भएको थियो।

    प्रहरीको टोलीले काटिएको गोरुको टाउको र खुट्टा बरामद गरेर फर्कने क्रममा स्थानीय आक्रोशित भएर प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

    स्थानीयको आक्रमणपछि थप प्रहरी टोली घटनास्थलमा गएको थियो। सयौँको संख्यामा स्थानीयले टायर बालेर प्रहरीमाथि आक्रमण गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा स्थानीय एकजनाको मृत्यु भएको प्रहरीको भनाइ छ।

     


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस