• The Public Today
  • वीरगञ्जमा कोरोना संक्रमणबाट गर्भवती महिला सहित थप दुई जनाको मृत्यु


    वीरगञ्ज, भदौ ११ गते । कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ ।

    कोरोना संक्रमणबाट बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया गर्भवती महिला र धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

    त्यस्तै भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा भदौ १० गते साँझ निधन भएको अस्पतालले जनाएको छ ।

     


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस