• The Public Today
  • जापानका अनुसन्धानकर्ताको दाबी : कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो


    भदौ ११ गते : जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेकाे दाबी गरेका छन्।

    आजोनको मद्दतबाट यो भाइरस नष्ट गर्न सकिने उनीहरूको दाबी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीका अनुसार अनुसन्धानकर्ताले कम घनत्व भएको ओजोन ग्यास (०.०५ देखि ०.१ पीपीएसम) ले कोरोना भाइरस नष्ट गर्न सक्ने प्रमाणित गरेका छन्।

    अनुसन्धानकर्ताले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन तह मानिसका लागि सुरक्षित छ।’ बीबीसीबाट


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस