• The Public Today
  • सन्दीप लामिछाने आवद्ध जमैका ३६ रनले पराजित


    भदौ ११ गते :  क्यारेबियन प्रिमियर लिग  सीपीएल  मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज ३६ रनले पराजित भएको छ ।

    बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएपछि जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको थियो ।

    टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११२ रनमात्रै बनाउन सक्यो ।​

    खेलमा जमैका पराजित भए पनि जमैकाबाट खेलेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरेका छन् ।

    उनले ४ ओभरमा १६ रन जोड्दै २ विकेट लिएका थिए । उनले रसिद खान र एस्ली नर्सको विकेट लिएका हुन् ।

    जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी भएको छ भने ३ खेलमा पराजित रहेको छ ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस