• The Public Today
  • महोत्तरी : लागु औषधसहित तीन पक्राउ


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौं ११ गते : महोत्तरी प्रहरीले लागु औषधसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका–१ मा जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मनराकट्टीबाट खटिएको संयुक्त प्रहरी टोली ठूलो मात्रामा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार ज.७प ४३५६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ठूलो मात्रा लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको व्यक्तिसँग सोधपुछ गर्दा लागुऔषध उपलब्ध गराउने अर्का एकजना भएको बताएपछि उनलाई पनि नियन्त्रणमा लिएको छ ।
    पक्राउ पर्नेहरू सम्सी गाउँपालिका–५ पोखरभिण्डाका अनिल महतो, सोही ठाउँका अजयकुमार महतो र वीरेन्द्र यादव रहेका छन् । उनीहरूको साथबाट एक्सिप्लोन सिरप सय एमएलको दुई सय बोतल, नाइट्राभेट १० लेखिएको ट्याब्लेट ६ सय पिस बरामद गरेको छ ।
    लकडाउन अवधिमा महोत्तरीमा लागुऔषध तस्करहरू बढी सक्रिय भएको देखिएपछि प्रहरीले सोहीअनुरूप चेकजाँच बढाएको प्रहरी प्रवक्ता विष्टले बताउनु भयो ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस