• The Public Today
  • मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु


    भदौ ११ गते : बारामा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा रौतहटको ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

    बिहीबार बिहान बाराको महागढीमाई नगरपालिका– २ भूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना६१प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिँदा चालक दुर्घटना भएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

    गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको  छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस