• The Public Today
  • प्रहरी हिरासतमा रहेका युवकको मृत्यु भएको भन्दै प्रदर्शन


    भदौ ११ गते  : रौतहटमा कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका एक युवकको उपचारको क्रममा मृत्यु भएपछि अहिले मृतक युवकको गाउँलेले रौतहटको गरुडामा प्रदर्शन गरिरहेका छन् ।

    गत साउन ३२ निरञ्जन राम हत्याकाण्डको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका बिजय रामको मृत्यु भएपछि स्थानीय र आफन्तहरु प्रहरीको दमन तथा निर्घात कुटपिटबाट मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडि प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन् ।

    प्रहरीले मुख्य दोषीलाई जोगाउन यातना दिएका कारण विजयको ज्यान गएको भन्दै  स्थानीय र आफन्तहरु प्रहरी कार्यालय गेट अगाडि धर्न दिएर प्रदर्शनमा उत्रिएका हुन् । विजयको ज्यान गएपछि सिङ्गो गाउँ नै प्रहरीविरुद्ध नाराबाजी गर्दै  ईलाका प्रहरी कार्यालय गरुडालाई घेराउ गरि प्रदर्शन गरिरहेका छन् ।

    विजयले साथीको हत्या गरेको अभियोगमा गरुडा प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेका थिए । तर पछि उनको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएकोमा बुधबार राति मृत्यु भएको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस