• The Public Today
  • नेपालमा एकैदिन थपिए ११११ नयाँ कोरोना संक्रमित


    काठमाडौं, भदौ ११ गते । नेपालमा बिहीबार थप ११११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११११  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाटअहिलेसम्म १८३ जनाको मृत्यु भएको छ ।

    प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर ५६९ जना घर फर्किएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस