• The Public Today
  • धनुषामा कोरोनाबाट थप एक पुरुषको मृत्यु


    भदौ ११ गते : कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ ।

    धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

    यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । बुधबार प्रादेशिक अस्पताल जनकपुरको ओपिडिमा भर्ना भएका ती पुरुषको सोही दिन स्वाब संकलन गरि कोरोना परीक्षण

    गर्दा बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको झाले बताए ।  झाका अनुसार मृतक पुरुष बुधबार अस्पताल आएपछि उनको स्वाब संकलन गरिएको थियो तर बुधबार नै दिउँसो उनको मृत्यु भएको थियो । मृत्यक पुरुषको बिहीबार आएको नतिजामा उनमा कोरोना संक्रमण देखिएको हो । ती पुरुषमा पहिला देखि नै क्षयरोग तथा मधुमेहका रोग रहेका थिए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस