• The Public Today
  • भारतमा कोरोना सङ्क्रमितको क्षयरोग जाँच हुने


    भदौ ११ गते : भारतमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा क्षयरोगको पनि जाँच गरिने भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमितको क्षयरोग जाँच्न दिशानिर्देश जारी गरेको हो ।

    यस्तै अब पहिले नै क्षयरोग भएकाहरुको पनि कोरोना परीक्षण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा ६ महिनामा कोरोना सङ्क्रमणका कारण ६० हजारभन्दा धेरैको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा कोरोना सङ्क्रमणभन्दा पनि क्षयरोग खतरनाक मानिएको छ । क्षयरोगका कारण दैनिक १३ सय जनाको ज्यान जाने गरेको भारतमा कोरोना सङ्क्रमणका कारण लकडाउन सुरु भएपछि क्षयरोगका बिरामीको सङ्ख्या अप्रत्याशित रुपमा घटेको पाइएको छ । लकडाउन सुरु भएपछि मात्रै ३० प्रतिशतभन्दा धेरैले क्षयरोगी घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    लकडाउनको कारण क्षयरोगका बिरामीको सङ्ख्यामा कमी आएको बताइएको छ । बिहारका प्रमुख क्षयरोगका अधिकारी डाक्टर के एन सहायले कोभिड–१९ का कारण अस्पताल पुग्ने बिरामीको सङ्ख्यामा ३० प्रतिशतले कमी आएको बताए ।

    यही अवस्थालाई ध्यानमा राख्दै केन्द्र सरकारले कोभिड–१९ सङ्क्रमितको क्षयरोग जाँच र क्षयरोगका बिरामीको कोभिड जाँच गर्न दिशानिर्देश जारी गरेको हो ।

    भारतमा सन् २०२५ सम्ममा क्षयरोग पूर्णरुपमा निर्मूल गर्ने लक्ष्य लिइएको छ । एजेन्सी  


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस