• The Public Today
  • सरकारले तोक्यो श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सन


    भदौ ११ गते : सरकारले कोरोना भाइरस ९कोभिड–१९० को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका १२ औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रुपमा तोकेका हुन् ।

    यसअघि श्रेष्ठले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०मा मन्त्रालयका तर्फबाट नेतृत्व गरेका थिए । उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयको प्रवक्ताको समेत भूमिका निर्वाह गरिसकेका छन् । रासस 


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस