• The Public Today
  • स्वास्थ्यमाथि प्रश्‍न उठेपछि पत्रकार सम्मेलन गर्दै जापानी प्रधानमन्‍त्री


    एजेन्सी,भदौं १२ गते : जापानका प्रधानमन्‍त्री सिन्जो आबेले आज पत्रकार सम्मेलनको आयोजना गर्दै छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो स्वास्थ्यबारे जानकारी दिने बताइएको छ ।

    अस्पतालमा प्रधानमन्‍त्री आबेको एक साताबीच शरीरका विभिन्‍न भागको जाँच गरिएको छ । यता जापानको सत्ताधारी पार्टीले पनि प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ । तर, उपचारका लागि अस्पताल पुगेका सिन्जो आबेको स्वास्थ्यबारे विभिन्‍न अड्कलबाजी गरिएको थियो ।

    उनको स्वास्थ्य अवस्थाबारे एउटा प्रश्‍न पनि उठेको छ  । सन् २०२१ सेप्‍टेम्बरमा सकिन थालेको आफ्नो कार्यकालसम्म प्रधानमन्‍त्रीको कुर्सीमा रहिरहन्छन् या स्वास्थ्यका कारण त्यसअघि नै पदबाट मुक्त हुन्छन् । सिन्जो आबेले सोमबार मात्र जापानको इतिहासमा अहिलेसम्म लामो समय प्रधानमन्‍त्रीको कार्यभार सम्हालेको रेकर्ड तोडेका छन् ।

    कोरोना भाइरसको महामारीबाट बच्‍नका लागि गरिएका प्रयासलाई लिएर जापानमा प्रधानमन्‍त्री आवेको आलोचना भइरहेको छ । योसँगै उनका पार्टीका सदस्यमाथि लागेको स्क्यान्डलको आरोपका कारण पनि आबे घेराबन्दीमा परेका छन् ।

    कोरोना महामारीका कारण जापानको अर्थ व्यवस्थाको अवस्था ऐतिहासिक रुपमा तल खस्किएको छ । प्रधानमन्‍त्री आबेले जापानको अर्थ व्यवस्थालाई आफैंले ट्रयाकमा ल्याउने भनेर प्रतिबद्धतासमेत जनाएका छन् । बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस