• The Public Today
  • कोरोना संक्रमित महिलाको मृत्यु


    भदौ १२ गते :  विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा सिरहाको लाहन घर भएकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

    शुक्रबार बिहान पौने ११ बजे अस्पतालमा मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।

    स्वासप्रस्वासमा समस्या बढेपछि  बिहान ७ बजेबाट बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    ती महिलालाई बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे अस्पतालमा भर्ना गरिएको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस