• The Public Today
  • गौशाला नगरपालिकाको स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा बन्द


    आरएन महतो
    गौशाला, भदौं १२ गते : प्रदेश २ मा बढ्दै गएको कोरोना संक्रमणबाट जोगिन महोत्तरीको गौशाला नगरपालिकाले स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोद्वारा शुक्रवार जारी विज्ञप्तीमा कोरोना भाईरसको संक्रमण तिब्रताका साथ पैmलिदै गएको जोखिम अवस्थालाई मध्यनजर गर्दै अगामी भदौ १९ गतेसम्मका लागि स्वास्थ्य सेवाबाहेक नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख छ ।

    यसअघि नगरपालिकाले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत साउन २५ गतेदेखि नगरभित्र घोषणा गरेको बन्दाबन्दी (लकडाउन) अगामी भदौं १५ गते राती ११ बजेसम्म रहने निर्णय गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस