• The Public Today
  • चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु


    चितवन, भदौ १३ गते । चितवनमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

    अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ४७ की एक महिलाको उपचारको क्रममा कोभिड अस्पतालको आईसीयू कक्षमा बिहान ७ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । उनी मिर्गौला सम्बन्धी रोगले पीडित थिइन् ।

    उनी मिर्गौला उपचारको लागि साउन २६ गते चितवन मेडिकल कलेजमा भर्ना भएको डाक्टर लम्सालले बताए ।  उनको कोरोना टेष्टको लागि भदौ  ७ गते पठाइएको र भदौ ८ गते उनको कोरोना पुष्टि भएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस