• The Public Today
  • प्रदेश २ मा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु


    द पब्लिक टुडे 
    बर्दिवास, भदौ १३ गते । प्रदेश २ मा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।
    शनिबार महोत्तरीमा २, सिरहामा २ र पर्सामा ३ जना गरि ७ को मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा। कमलेश प्रसाद यादवका अनुसार यसअघि शुक्रबार ५ र बिहिबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

    शनिबार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १२ मुरलीको ४८ वर्षीय पुरुष, मनियारी २२ पर्साका ३७ वर्षीय पुरुष र वीरगंज १२ को ६५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    त्यस्तै महोत्तरीको भंगहा नगगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका वडा नम्बर ७ को ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।

    त्यस्तै सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका वडा नम्बर १८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    यस सँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।

    कोरोनाबाट पर्सामा ३३, बारामा १३, धनुषामा १२, महोत्तरीमा ८, सिरहामा ७, सप्तरीमा ५, रौतहट र सर्लाहीमा ३् ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस