• The Public Today
  • रौतहटका एक पुरुषको वीरगञ्जमा मृत्यु


    सुरेश बिडारी
    वीरगञ्ज, भदौ १३ गते । रौतहटका एक कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । रौतहटको गम्हरिया- ३ घर भएका ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा साँझ साढे ७ बजे उनको मृत्यु भएको हो ।

    भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताए । शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा भर्ना गरिएको गियो ।

    उनको उपचारका क्रममा मृत्यु भएको चिकित्सकले बताएका छन् । उनको एआरडीएस टाइप टु रेसपाइराटोरी फेलियर भएको अस्पतालले जनाएको छ ।

    मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको वेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस