• The Public Today
  • भारतमा एकैदिन थपिए ७६ हजार संक्रमित


    एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ७७ हजार २६६ कोरोना संक्रमित थपिएका थिए ।

    विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६२ हजार ५५० पुगेको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा १ हजार २१ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

    तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३४ लाख ६३ हजार ९७२ पुगेको छ ।

    भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज
    ट्याग : #कोरोना कहर

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस