• The Public Today
  • एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई घाईते


    द पब्लिक टुडे
    बर्दिवास, भदौ १४ गते । स्याङ्जाको वालिङ नगरपालिका–५ मजकोटमा आज बिहान करिब ५ बजे एम्बुलेन्स दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको मृत्यु भएको छ ।

    वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीका अनुसार घाइते भएका चारमध्ये दुई जनाको मृत्यु भएको र दुई जनाको उपचार गह्रौ प्राथमिक अस्पताल वालिङमा भईरहेके छ ।

    मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनी रहेको प्रहरीले जनाएको छ । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक वडा नं ९ कै ३१ वर्षीय सुरेन्द्र भण्डारीलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले नजाएको छ । घाइते पवित्रा गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस