• The Public Today
  • पर्सामा ६ महिने शिशुसहित ४७ जनामा कोरोना पुष्टि


    द पब्लिक टुडे
    बर्दिवास, भदौं १४ गते । पर्साको विरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणमा ६ महिनाका शिशुसहित ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले कोरोना भाइरस संक्रमण देखिनेमा ७९ वर्षका वृद्ध समेत रहेको बताए ।

    संक्रमित हुनेमा पोखरिया नगरपालिकका १२ जना र अरु वीरगञ्ज महानगरपालिका विभिन्न वडाका रहेका छन् । ४४२ जनाको स्वाब परीक्षण गरिएकोमा ७९ जनामा संक्रमण पुष्टि भएकोमा पर्सासहित अन्य जिल्लाका पनि संक्रमित रहेका छन् ।

    यस्तै, नारायणी अस्पतालमै गरिएको परीक्षणमा बारा जिल्लाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा महागढिमाइ नगरपालिकाका दुईजना, जितपुर सिमरा उपमहानगरपालिकाका दुईजना, विश्रामपुरका तीनजना रहेका छन् ।

    अन्य संक्रमितहरु भने कलैया उपमहानगरपालिकाका विभिन्न स्थानका रहेका छन् । यस्तै नारायणी अस्पतालमै गरिएको परीक्षणमा मोरङ र काठमाडौँका एक(एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस