• The Public Today
  • वीरगन्जमा कोरोना संक्रमितमा थप एक पुरुषको मृत्यु


    भदौ १४ गते :  कोरोना संक्रमणबाट वीरगन्जमा थप एक पुरुषको मृत्यु भएको छ।

    आइतबार बिहान ७ बजेर ४० मिनेटमा नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय पुरुषको संक्रमणका कारण निधन भएको हो।

    कोरोना संक्रमणपछि उनी शुक्रबार उक्त अस्पतालमा भर्ना भएका थिए। नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले संक्रमतिको मृत्यु भएको पुष्टि गरे।

    ती पुरुष मधुमेहका पुराना रोगी रहेको र पछिल्लो समय गम्भीर निमोनिया देखिएको प्रवक्ता डा. चौरसियाले बताए ।

     


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस