• The Public Today
  • सैनिकद्वारा आत्महत्या   


    रासस  

    काठमाडौँ,  भदौ १४ गते :  नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् । तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभयो । उक्त घटनाको विषयमा उनका आफन्तलाई खबर गरिसकिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जङ्गी अड्डाले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस