• The Public Today
  • दोस्रो टी-ट्‌वान्टी क्रिकेटमा इङ्ल्यान्डलेको जित


    भदौं १५ गते । इङ्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो टी-ट्‌वान्टी क्रिकेटमा जित निकालेको छ । वर्षाको कारण पहिलो खेल स्थागित भएको थियो । दोस्रो खेलमा जित निकाल्नुपर्ने दबाबमा रहेका दुवै टोली म्यानचेस्टरमा आइतबार राति खेलेका थिए ।

    आइतबार भएको घरेलु टोली इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्न सफल भएको हो । पाकिस्तानले दिएको १९६ रनको लक्ष्य इङ्ल्यान्डले १९ ओभर १ बलमा मात्र पाँच विकेट गुमाएर पूरा गर्न सफल भयो ।

    घरेलु टोलीलाई जित दिलाउन कप्तान इयान मोर्गनले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै डाविड मालनले पनि अविजित ५४ रनको अर्धशतकीय पारी खेले ।

    पाकिस्तानका लागि शादब खानले तीन तथा हरिस राउफले दुई विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाएर १९५ रन बनाएको थियो । पाकिस्तानको लागि मोहमद हाफिजले ६९ रनको अर्धशतकीय पारी खेल्दा कप्तान बाबर आजमले ५६ रनको बनाएका थिए ।

    इङ्ल्यान्डका लागि आदिल रासिदले दुई विकेट लिँदा क्रिस जोर्डन र टम करणले एक-एक विकेट लिए । जित निकालेसँगै तीन खेलको सिरिजमा इङ्ल्यान्डले १-० को अग्रता बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ । एजेन्सी 


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस