• The Public Today
  • चकलेट दिएर बलात्कार गर्ने छिमेकी पक्राउ


    पोखरा, भदौ १५ गते । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट एक जना पक्राउ परेका छन् ।

    बालिका बलात्कार गरेको छिमेकी ५४ वर्षीय रेसबहादुर गुरुङ सुइँको पाएपछि फरार ePsf थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठले जानकारी दिए ।

    प्रहरीका अनुसार बालिकाका बाबुआमा दुवै जना विदेशdf छन् । प्रहरीका अनुसार पुरानो घर स्याङ्जा भएका उनले बालिकालाई चकलेट खान दिने, फकाउने र अनैतिक काम गर्न लगाउन थाले । छिमेकीबाट भएको जघन्य अपराधबारे बालिकाले आफन्तलाई भन्न सकिनन् ।

    ‘घटनाबारे बालिकाका आफन्तले सुइँको पाएछन् । त्यसपछि अभियुक्त फरार भए । बालिकालाई फकाएर सोध्दा उनले घटनाको सबै यथार्थ बताएपछि आफन्तले जाहेरी दिए,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘त्यसैका आधारमा आइतबार राति उनलाई पक्राउ गरी पोखरा ल्याइएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउँछौं ।’

    बालिकाले ४-५ महिनादेखि उनले यस्तो काम गर्दै आएको बताएकी छन् । बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस