• The Public Today
  • महोत्तरी : मटर र चुरा बरामद


    द पब्लिक टुडे
    बर्दिवास, भदौं १५ गते : महोत्तरी प्रहरीले सीमानाकामा चोरी तस्करीका डेढ क्विन्टल केराउउ मटर र पाँच कार्टुन चुरा बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सोमवार बिहान नेपालबाट भारत तर्फ लुकाई छिपाई लैजादै गरेको १५० किलो केराउ मटर एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट बरामद गरिएको हो ।

    वनको बाटो हुँदै नेपालबाट भारत लैजानका लागि राखिएको अवस्थामा प्रहरीको गस्ती टोलीले मटर बरामद गरेको छ । तस्करहरु प्रहरीलाई देखे पछि फरार भएका थिए । ।
    त्यस्तै प्रहरीले जलेश्वर नगरपालिका–५ पर्सापतैली गाउँबाट भारतबाट भन्सार छली ल्याई प्रहरी टोलि देख्ना साथ छाडेको बेवारीसे अवस्थामा रहेको पाँच कार्टुन चुरा बरामद गरेको छ ।

    प्रहरीले बरामद गरेको मटर र चुरा आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको छ ।

     


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस