• The Public Today
  • चितवनमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु


    चितवन, भदौ १५ गते । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

    भरतपुर अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलका अनुसार अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार विहान ७ बजेर २० मिनेटमा मृत्यु भएको जानकारी दिए ।

    ती पुरुषलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको डा. पौडेलले बताए ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस