• The Public Today
  • गौशालामा ३० बेडको नगरस्तरिय प्राथमिक आईसोलेसन सेन्टर (भिडियो सहित)


    • विनोद पौडेल

    बर्दिवास, भदौं १५ गते । कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै गौशाला नगरपालिकाले ३० बेडको प्राथमिक आईसोलेसन सेन्टरको स्थापना गरेको छ ।कोरोना पोजेटिभ भएपनि लक्षण नदेखिने व्यक्तिहरुका लािग नगरपालिकाले ३० बेडको नगरस्तरिय प्राथमिक आईसोलेसन सेन्टरको स्थापना गरेको हो ।

    लक्षण नदेखिएका तथा सामान्य लक्षण भएका संक्रमितहरु सेल्फ आईसोलेसनमा बस्दा गाउँघरमा संक्रमणको जोखिम अझ बढ्न सक्ने भन्दै सो आईसोलेसनमा व्यवस्थापन गर्ने र जटिल समस्या देखिएका संक्रमितहरुलाई प्रदेश तथा केन्द्र सरकारले स्थापना गरेको आईसोलेसन सेन्टरमा पठाउने उद्देश्य सहित प्राथमिक आईसोलेसनको स्थापना गरिएको नगर प्रमुख शिवनाथ महतोले बताए ।

    गौशाला नगरपालिकाको वडा नं. ११, इमलीबजारस्थित स्वास्थ्य केन्द्रका लागी निर्माण गरिएको दुई तले भवनमा नगर प्राथमिक आईसोलेसन संचालन गरिएको नगर प्रमुख महतोले बताए ।

    हाल आईसोलेसनमा १२ जना कोभिड–१९ संक्रमित व्यक्ति रहेका छन । आईसोलेसन भवनमा कोभिड–१९ संक्रमित व्यक्तिको रेखदेख तथा उपचारका लागि नगरप्ररी र स्वास्थ्यक्रर्मी समेत खटिदै आएका छन् ।

    हेर्नुस भिडियो :


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस