• The Public Today
  • बर्दिवासको कलाकारको नि:शुल्क कोरोना बिमा


    • जीवनराज दाहाल/बिनोद पौडेल

    बर्दिवास, भदौ १५ गते । कोभिड १९, कोरोना भाईरसको महामारीले पार्न सक्ने असरलाई मध्येनजर गर्दै बर्दिवास क्षेत्र भित्रका कलाकारहरुको कोरोना बिमा गरिएको छ । युवा अभियान नेपाल बर्दिवास मार्फत विभिन्न सामाजिक काममा योगदान दिँदै आएका संस्था सम्बद्ध २६ जना सदश्य तथा कलाकारहरुको रु एक लाख बराबरको कोरोना बिमा गरिएको हो ।

    कोरोना भाईरस संक्रमणको जोखिमको समयमा अन्य संघ संस्थाहरु निस्क्रिय हुँदा समेत उक्त संस्थाले सामाजिक कार्यमा निरन्तरता दिँदै आएको अहिलेको अवस्थामा संस्थाका सदश्यहरु झनै जोखिममा रहेको भन्दै सदश्य सबैको निशुल्क बिमा गरिएको संस्थाका अध्यक्ष बिष्णु बम्जनले बताए । सिद्धार्थ लाईफ ईन्स्योरेन्स मार्फत गरिएको बिमा कार्यक्रममा लागेको सम्पुर्ण खर्च अध्यक्ष बम्जनले व्यवस्थापन गरेका हुन ।

    कोरोना कहरको अहिलेको विषम परिस्थितीमा समेत सदश्यहरुले संस्था प्रति देखाएको माया तथा सद्भाव र संस्था प्रतिको योगदानको उच्च कदर गर्दै सदश्य सम्पुर्णको जिवन सहजिकरण होस भन्ने उद्देश्यले बिमा गरिएको बताउँदै अध्यक्ष बम्जनले बिमाको यो कार्यक्रमले आगामी दिनहरुमा थप उर्जा र हौसला प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।

    संस्थाले सदश्यहरु प्रति देखाएको यो आत्मीयताले आफु निकै खुसी भएको बताउँदै संस्थाका उपाध्यक्ष फडिन्द्र राज भट्टराईले यसबाट आगामी दिनमा सबैले अपनत्वको भावले काम गर्ने भन्दै संस्थाको यो कार्य उदाहरणीय र अनुकरणीय भएको उल्लेख गरे ।

    संस्थाले बर्दिवास क्षेत्र भित्र बिगत लामो समय देखी सामाजिक कार्य गर्दै आएको छ भने लकडाउन संगै बढेको कोरोना संक्रमणको त्रासका बिच विभिन्न सामाजिक संजाल मार्फत जनचेतना फैलाउँदै आएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस