• The Public Today
  • नेपाल सद्भावना पार्टीको कार्यवाहक अध्यक्षमा महतो


    जनकपुरधाम, भदौ १५ गते । नेपाल सद्भावना पार्टीको कार्यवाहक अध्यक्षमा राम कुमार महतो मनोनित भएका छन् ।

    गत असार १६ मा बसेको पार्टीको केन्द्रीय कार्य समितिको निर्णयले कार्यवाहक अध्यक्षमा महतोलाई चयन गरेपछि शनिवार जनकपुरमा पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र प्रसाद सिंहले महतोलाई मनोनितपत्र प्रदान गरेका हुन् ।

    आधिकारिक पत्र पाएपछि महतोले शनिवारदेखि नै कार्यवाहक अध्यक्षको कार्यभार सम्हालेका छन् ।

    शनिवार पार्टीका राष्ट्रिय अध्यक्ष सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको विधान २०७५ को धारा २४ को उपधारा १ (ग) बमोजिम महाधिवेशन बोलाउन र उपदफा (ज) बाहेकका सम्पूर्ण अध्यक्षको अधिकार र कर्तव्य कार्यवाहक अध्यक्ष महतोलाई प्रत्यायोजित गरि सुम्पिएको जनाएको छ ।

    यस्तै पार्टीको सम्पादन समितिको बैठकले कोभिड १९ को महाविपतीबाट मुक्त भई नसकेको अवस्थामा संघीय सरकार, प्रदेश सरकार लगायत स्थानीय सरकारको कुनै ठोस कार्ययोजना नरहेको र भ्रष्टाचार तथा कालोबजारी एवं कमिशनखोरीलाई बढावा दिएको ठहर गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस