• The Public Today
  • शिक्षा मन्त्रीको पहलमा बर्दिवासमा कोभिड अस्पताल


    आरएन महतो
    बर्दिवास, भदौं १५ गते । कोरोना–१९ को रोकथाम तथा निण्न्त्रण र स्थानीय जनतालाई विशेषज्ञ स्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेललेको पलहमा स्वास्थ्य मन्त्रालयबाट महोत्तरीको बर्दिवासमा ५० शैय्याको कोभिड–१९ अस्पताल संचालनमा आएको छ ।

    महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सांसद समेत रहेका मन्त्री पोखरेलको विशेष पहलमा बर्दिवास अस्पालमा आरटी पिसिआर मेसिन सहितको कोभिड–१९ अस्पताल संचालनमा आएको हो ।

    त्यस्तै गौशाला नगरपालिकामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाटै तत्काल ५ शैय्याको अस्पताल संचालनका लागि मन्त्री पोखरेलको पहलमा १० लाख बजेट विनियोजन गरिएको छ ।

    गौशालामा थप १५ शैय्याको भवन सहितको अस्पताल निर्माणको लागि ३ करोड ७८ लाख विनियोजन भएको र टेन्डर प्रक्रियामा गइसकेको मन्त्रीका स्वकीय सचिव शंकर महतोले बताए ।

    त्यस्तै, भंगहा नगरपालिकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्कालै ५ शैययाको अस्पताल संचालनका लागि १० लाख मन्त्री पोखरेलको पहलमा निकासा गरिएको छ ।

    भंगहामा समेत १० शैय्याको भवनसहितको अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले ८५ लाख रकम विनियोजन गरेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस