• The Public Today
  • काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण


    द पब्लिक टुडे
    महोत्तरी, भदौ १५ गते :
    काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाइ कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी आइसोलेसनमा रहेको जनाइएको छ।

    दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । पत्नीलाई भने कोरोना संक्रमण देखिएन, तर मेयर शाक्यलाई भने संक्रमण पुष्टि भएको छ ।

    ‘हामी कोभिड नियन्त्रण र व्यवस्थापनमा खटिरहेका थियौं । त्यही क्रममा मलाई संक्रमण भएछ । तर मेरो मनोबल उच्च छ’ मेयर शाक्यले भने ।

    ‘मेयर शाक्यकी पत्निलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हिजो जाँच गराउन जानुभएको थियो। ग्राण्डी अस्पतालमा दुवैको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो,’ मेयर शाक्यको सचिवालयका एक सदस्यले भने, ‘आज रिपोर्ट आउँदा उहाँकी पत्निको रिपोर्ट नगेटिभ र मेयरको पोजिटिभ आएको छ।’


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस