• The Public Today
  • सिरहा : १२ दिन थपियो निषेधाज्ञा


    द पब्लिक टुडे
    बर्दिवास, भदौ १६ गते : कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा १२ दिन निषेधाज्ञा थप गरिएको छ । भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

    भदौ १ गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो । सिरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइ गर्ने निर्णय गरेको हो ।

    निषेधाज्ञामा यसअघि बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको समय दिइएकाले त्यसलाई नै निरन्तरता दिएको प्रजिअ कँडेलले जानकारी दिनुभयो ।

    निषेधाज्ञा अवधिमा सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न पूर्ण रुपमा बन्देज गरिएको छ । यस्तै आआफ्नो धार्मिक पर्व घरभित्रै गर्न भनिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस