• The Public Today
  • महोत्तरीमा विषादी सेवनबाट एक जनाको मृत्यु, एकको अवस्था गम्भिर


    जलेश्वर, भदौ १६ गते । विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले विषादी सेवन गर्दा उनको ज्यान गएको हो । विषादी सेवनबाट बेहोश भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै जिल्लाको बलवा नगरपालिका–११ बस्ने सुरेन्द्र महतोकी छोरी १४ वर्षीया आरतीकुमारीले आमाले गाली गरेको विषयलाई लिएर थाइमेड नामक विषादी सेवन गरेपछि उनी सिकिस्त भएकी छिन् । उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको छ भने अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस