• The Public Today
  • वाग्मतीमा प्रदेश प्रहरीसम्बन्धी विधेयक प्रमाणीकरण


    हेटौंडा, भदौ १६ गते ।  वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रमाणीकरण गरेका छन् ।

    उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रेदश सभाबाट पारित भई आएको उक्त विधेयक आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

    सो विधेयक गत साउन ६ गते वाग्मती प्रदेश सभाबाट पारित भएको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस