• The Public Today
  • पुजारी हत्या प्रकरण : रकम फिर्ता माग्दा हत्या, हत्यामा संलग्न दुई सार्वजनिक


    द पब्लिक टुडे
    बर्दिवास, भदौं १७ गते । रौतहट प्रहरीले जिल्लाको माधवनारायणस्थित नगरपालिका-२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रहरीले सार्वजनिक गरेकामा नरेश राउत पटेल र बालकुमार पटेल छन् । मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहले आफ्नो रकम फिर्ता मागेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रदेश २ प्रहरी कार्यालयका डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुले कटुवा पेस्तोल प्रहार गरी पुजारीको हत्या गरेका थिए । अनुसन्धानको क्रममा नरेश पटेलका बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको खुलेको छ ।

    यस्तै मृतक पुजारी र पटेलबिच हत्या हुनुभन्दा तीनदिनअघि विवाद भएको, गाउँमा हुने विभिन्न छलफलका क्रममा पुजारी र पटेलबीच पटक–पटक फरक मत राख्दा विवाद भएको खुलेको डीआइजी सिंहले बताए ।

    हत्या प्रकरणमा देवाही गोदाही नगरपालिका(१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।

    पक्राउ परेका दुई जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि जिल्ला अदालत, गौरबाट १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस