• The Public Today
  • पीसीआर परीक्षण २५ सय रुपैयाँमा


    द पब्लिक टुडे
    बर्दिवास, भदौं १८ गते । कोरोनाको पीसीआर परीक्षण सेती प्रादेशिक अस्पतालले २५ सय रुपैयाँमा गर्ने भएको छ ।

    सरकारले तोकेको कोरोना परीक्षणको मापदण्डमा नपरेका व्यक्तिहरुले इच्छाअनुसार कोरोना परीक्षण गर्न चाहेमा दुई हजार ५ सय रुपैंया तिरेर पीसीआर परीक्षण गर्न अस्पतालले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालीन कार्य सञ्‍चालन केन्द्र तथा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त निर्देशन र अस्पतालको व्यवस्थापन समिति कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेकोसमेत सूचनामा उल्लेख छ ।

    स्वास्थ्य मन्त्रालयले कोरोनाको पीसीआर परीक्षणको शुल्क प्रयोगशाला भएको अस्पतालमा गरे चार हजार र तर प्रयोगशाला नभएको अस्पतालमा पीसीआरको लागि नमुना दिएमा चार हजार चार सय तोकेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस