• The Public Today
  • महोत्तरीमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि


    महोत्तरी, भदौ १८ गते । महोत्तरीमा आत्महत्या गरेकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाकी ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । आत्महत्याको कारण भने अहिले खुलेको छैन ।

    भदौ १५ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।

    मृतकको घरका अन्य तीनजनामा भदौ ११ गते कोरोना भाइरसको संक्रमण पृष्टि भएको थियो । यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस