अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं, भदौ १९ गते । अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन् ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् । संवैधानिक हैसियतामा उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि आजै राजीनामा दिएका हुन् ।

आजको बैठकले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष गौतमलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ ।