• The Public Today
  • सप्तरीमा कैदीबन्दी र प्रहरीमा कोरोना संक्रमण


    द पब्लिक टुडे
    बर्दिवास, भदौं १९ गते : सप्तरीमा ६ जना कैदीबन्दी र दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्लाको राजविराजस्थित कारागारका कैदी बन्दीमा केही दिनयता ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब परीक्षण गराउँदा पोजेटिभ देखिएको कारागारका निमित्त प्रमुख संजय रामले बताए ।

    कोरोना संक्रमित देखिनेमा ५६, २६, २२ र दुई जना ३१ वर्षका तथा एकजना उमेर खुल्न नसकेका पुरुष कैदीबन्दी रहेका छन् ।

    यस्तै, संक्रमित देखिएका दुईजना प्रहरीको भने उमेर खुल्न नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    संक्रमण देखिएका उनीहरुलाई छुट्टै कोठामा राखिएको छ । कारागारभित्र कोरोना संक्रमण देखिएपछि अन्य कैदी बन्दीको पनि स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

    १२५ जना क्षमता रहेको सप्तरी कारागारमा अहिले ३३३ जना कैदीबन्दी रहेका छन् । यसमध्ये १५ जना महिला छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस