• The Public Today
  • सिरहामा एक महिलामाथि सामुहिक बलात्कार, दुईजना पक्राउ, ३ फरार


    जनकपुरधाम, भदौ २० गते । सिरहामा एक महिलामाथि सामुहिक बलात्कार भएको छ ।

    गोलबजार नगरपालिकामा गएको भदौ १३ गते २१ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

    बलात्कार आरोपमा प्रहरीले गोलबजार नगरपालिका १० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मुखियाँ लगायत ५ जनाले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले घटनामा संलग्न मध्ये २ जनालाई पक्राउ गरेको हो ।

    घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस