• The Public Today
  • ९ वर्षीय बालक मृतावस्थामा फेला


    रौतहट, भदौ २० गते : बाराको देवताल गाउँपालिकामा शुक्रबारदेखि हराइरहेका एक बालकको आज शव फेला परेको छ । देवताल गाउँपालिका वडा नम्बर ५ घर भइ जिल्ला प्रहरी कार्यालय वीगन्जमा कार्यरत हवल्दार भूषण यादवको ९ वर्षीय छोरा सुमित यादव शुक्रबार साँझदेखि हराइरहेका थिए ।

    उनको आज बिहान गाउँबाट झन्डै २ किलोमिटर टाढा पोखरीको डिलमा मृतावस्थामा शव फेला परेको मृतकका बाबु यादवले बताए । बालकको हत्या भएको हुन सक्ने भन्दै पीडित परिवारले घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् ।
    मृतक बालकको जिल्ला अस्पताल कलैयामा पोष्टमार्टम भई पीडित परिवारको जिम्मा लगाइएको इन्स्पेक्टर रुद्र कंडेलले जानकारी दिए ।
    घटनाको प्रकृति हेर्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशंका रहेको र घटना बारे थप अनुसन्धान भैरहेको इन्स्पेक्टर कंडेलले बताए।

    यसैबीच देवताल गाउँपालिका प्रमुख चन्दन सिंहको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बाराका सिडियो रुद्र प्रसाद पंडित र एसपी कृष्ण पंगेनीलाई भेटेर घटनाबारे गहनरुपमा छानबिन गर्न माग गरेका छन् ।

    डुबेर पुरुषको मृत्यु

    रौतहटको गरुडा नगरपालिकामा एक पुरुषको डुबेर मृत्यु भएको छ ।
    हिजोदेखि हराइरहेका गरुडा नगरपालिका २ गेडहिगुठीमा बस्ने ५५ बर्षको जगदिश सहनीको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस